मकवानपुरको भीमफेदीमा बन्जीजम्प बन्ने, वैशाखदेखि सञ्चालमा आउने

  २०७५ भदौ २ गते १२:४६     राजाराम न्याैपाने

काठमाडौँ । मकवानपुरको भीमफेदीमा सार्वजनिक र निजी लगानीमा बन्जीजम्प सञ्चालनमा आउने भएको छ । भीमफेदी गाउँपालिका–५ सुपिङमा असोज १० बाट बन्जीजम्पको निर्माण हुन लागेको हो ।

८ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको बन्जीजम्प र बन्ने रिसोर्टले १०० रोपनी जमिन ओगट्ने छ ।

आगामी बैशाख १ गतेदेखि बन्जीजम्प सञ्चालनमा आउने छ ।
ऐतिहासिक पर्यटकीय प्रचुर सम्भावना रहेको गाउँपालिकामा बन्जीजम्पको निर्माणले पर्यटक प्रवद्र्धनमा हुने भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले विकास न्युजलाई जानकारी दिए । उनले निजी क्षेत्रको लगानीमा बन्जीजम्प निर्माणको तयारी भइरहेको पनि बताए ।

गाउँपालिकाको विकास, यहाँ रहेका पर्यटकीय र ऐतिहासिक स्थलको प्रचार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउन रणनीति अनुसार बन्जीजम्पको निर्माण हुन लागेको अध्यक्ष लामाले जानकारी दिए । उनले बन्जीजम्पका लागि प्राविधिक अध्ययन भइसकेको जानकारी दिए । प्राविधिक अध्ययनबाट बन्जिजम्पका लागि उपयुक्त रहेको प्रतिवेदन आएपछि स्थानीयको ४० रोपनी जग्गा निजी क्षेत्रले खरिद गरिसकेको पनि उनले बताए ।

सञ्चालक राजाराम बोगटीले बन्जीको उचाई १२० मिटर हुने छ । यो उचाई नेपालकै दोस्रो भएको पनि दाबी गरेका छन् । भीमफेदीमा निर्माण हुन लागेको बन्जीजम्प नेपालको केन्द्रीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक हो । बन्जीजम्प र रिर्सोटमा आवश्यक रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिइने बोगटीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.