क्यान्सर सर्भाइभरशिप इभेन्ट सम्पन्न, उच्च मनोबलले क्यान्सरलाई जित्न सकिन्छ

  २०७५ भदौ १ गते १७:५१     विकासन्युज

काठमाडौं। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्स हस्पिटल एण्ड रिसर्च सेन्टरमा भदौ १ गते शुक्रबार क्यान्सर सर्भाइभरशिप इभेन्ट सम्पन्न भएको छ । नेपाल क्यान्सर हस्पिटल तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा भएको सो इभेन्टमा क्यान्सर रोगबाट निको भएका ब्यक्तिहरुले आफ्ना अनुभवहरु साटासाट गरेका थिए ।

स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा क्यान्सर बाट निको भएका र क्यान्सरको उपचार गराईरहेका ब्यक्तिहरुका साथमा क्यान्सर रोग विशेषज्ञ डाक्टरहरु, क्यान्सर प्रभावितका परिवार, समाजसेवी तथा संचारकर्मीहरुको उल्यख्य सहभागिता रहेको थियो ।

क्यान्सर रोग लाई जितेका व्यक्तिहरुको अनुभव तथा सुझाव तथा विशेषज्ञ डाक्टरहरुको उचित परामर्शबाट क्यान्सरको उपचार गराईरहेका ब्यक्तिहरुको मनोबल बढाउन, उपचार प्रकियामा सहजता ल्याउन तथा प्रभावितको दैनिकीमा सुधार ल्याउने उद्देश्यले यस इभेन्टको आयोजना गरेको नेपाल क्यान्सर सपोर्ट गु्रपका कोअर्डिनेटर स्वरुपा श्रेष्ठले बताए । साथै यस इभेन्ट मासिकरुपमा आयोजना गर्ने पनि उनले जानकारी गराए ।

क्यान्सर रोग विशेषज्ञ डाक्टरहरु सँग क्यान्सरबाट निको भएका तथा उपचार गराईरहेका व्यक्तिहरुले क्यान्सर सम्बन्धि बिभिन्न विषयमा अन्तरकृया गर्नु भएको थियो । अन्तरकृयाबाट क्यान्सर सम्बन्धि धेरै खालका भ्रमहरुको अन्त्य भएको प्रभावितहरुले बताएका थिए ।क्यान्सर धेरै प्रकारका हुने तर नेपालमा क्यान्सर भन्ने बित्तिकै आत्तिने र हतोत्साहित हुने गरेकोले यस बारे ब्यापक जनचेतना फैलाउन आवश्यक रहेको नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले बताए। ।

स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवले नेपालमा कुल जनसंख्याको अनुपातमा अस्पतालको संख्या र बेड धेरै कम भएको बताउँदै क्यान्सर प्रभावितहरुलाई राज्यले दिने अनुदान समेत अत्यन्त कम रहेको धारणा राख्दै क्यान्सर लगायतका गम्भिर रोगको उपचारका लागि राज्यले दिने अनुदान रकम बढाउन प्रयत्न गर्ने बताए।

नियमित स्वास्थ्य परिक्षण गरे कुनै पनि रोग शुरुवाती चरणमै पत्ता लगाउन सकिन्छ र सामान्य औषधि उपचारबाट पनि निको हुन सकिन्छ तर नेपालमा वेवास्ता वा गरिबिका कारण कुनै पनि रोगले सताएपछि मात्र उपचार गर्न जाने अवस्था धेरै छ । बिभिन्न गम्भिर रोग मध्य क्यान्सर पनि एक हो तर सुरुमै पत्ता लागे थोरै पैसामा पनि यसको उपचार सहज सँग गर्न सकिन्छ तर जटिल अवस्थामा पुगि सकेपछिआर्थिक भार पनि धेरै पर्ने र निको हुन पनि गाह्रो हुने गर्दछ । तर उच्च मनोबलले क्यान्सरलाई जितेका धेरै उदाहरण हरु समेत छन् जुन यसक्यान्सर सर्भाइभरशिप इभेन्टमा देखियो ।

नेपाल क्यान्सर हस्पिटल, उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपले भदौ २ गते शनिबार ललितपुरको लगनखेलमा पाठेघर तथा स्तन क्यान्सर परिक्षणका लागिनिशुल्क शिविरको पनि आयोजना गर्दै छ । यस शिविरमा सहभागि भइ लाभ लिन बिवाहित तथा अबिवाहित महिलाहरुलाई आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.