माछापुच्छ्रे बैंकको ब्राण्ड एम्ब्यासडरमा मिरा रार्इ, प्रतिमा शेर्पा र अार्यन गिरी नियुक्त

  २०७५ भदौ १ गते १६:५०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले कम्पनीको ब्राण्ड एम्ब्यासडरमा खेलकुद क्षेत्रका मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई नियुक्त गरेको छ । बैंकले शुक्रबार पत्रकार सम्मेलन गर्दै कम्पनीको ब्राण्ड एम्ब्यासडरमा उक्त तीन जनालाई नियुक्त गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीहरुलाई बैंकसँग आवद्ध गर्न पाउन गौरवको विषय रहेको बताएका छन् । बैंकका पूर्व अध्यक्ष तथा पुर्व सांसद डा. बीरेन्द्रप्रसाद महतोले समेत बैंकले नियुक्त गरेका ब्राण्ड एम्ब्यासडरहरुले बैंकलाई अझै उचाईमा पुर्याउने बताएका छन् ।

मिरा राई :
मिरा राई नेपाली म्याराथनको एक चर्चित नाम हो । विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मिरा राईले देश र विदेशमा थुप्र्रै उपाधि जितिसकेकी छिन् । मिरा राईले २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो स्थान हासिल गरेकी छिन् । विश्व अल्ट्रा म्याराथनमा आफुलाई स्थापित गर्दै आएकी नेपाली धाविका मिरा राई नेसनल ज्योग्राफिकले २०१७ मा सार्वजनिक गरेको ‘एड्भेन्चर अफ द इयर‘को उपाधि समेत जित्न सफल भएकी छिन् ।

प्रतिमा शेर्पा :
प्रतिमा शेर्पा नेपालको नम्बर १ महिला गल्फर हुन् । रोयल नेपाल गल्फ क्लबमा हुर्केकी शेर्पाले १५ वर्षकै उमेर देखि खेलको प्रशिक्षण लिन थालेकी थिइन् । सानो उमेरमै लगातार उपाधि जित्न सफल भएकी उनले पूर्व विश्व नं. १ टाईगर उड्सलाई समेत भेटेकी थिइन् । उनको दुईमहिने अमेरिका भ्रमणका दौरान ईसपीएनले उनीमाथि एक वृतचित्र समेत निर्माण गरको थियो ।

आर्यन गिरी :
आर्यन गिरी अर्का १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन् । ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गरेका गिरी बर्न सर्भाइभर हुन् । उनले नेपाल अन्डर १४को नम्बर १ र एशिया अन्डर १४मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन् । उनले आफ्नो मेहेनत र परिश्रमले एशियाकै नम्बर १ हुने लक्ष्य लिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.