कैलाश विकास बैंकले ‘गरिमा रेमिट’ सेवा दिने

  २०७५ भदौ १ गते १६:२४     विकासन्युज

काठमाडौं । अब कैलाश विकास बैंक लिमिटेडले ग्राहकहरुलाई ‘गरिमा रेमिट’ सेवा दिने भएको छ । उक्त सेवा दिने सम्बन्धमा गरिमा विकास बैंक र कैलाश विकास बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

सो सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र कैलाश विकास बैंकको तर्फबाट सहायक महाप्रबन्धक सुर्यप्रसाद तिवारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात कैलाश विकास बैंकका जुनसुकै शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ । हाल कैलाश विकास बैंकको ६३ वटा शाखा सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.