एनएमबि बैंकको १५ प्रतिशत बोनस दिने प्रस्ताव पारित, चुक्ता पुँजी पाैने ९ अर्ब पुग्यो

  २०७५ भदौ १ गते १६:०५     विकासन्युज

काठमाडौं । एनएमबि बैंक लिमिटेडको सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । हालै सम्पन्न बैंकको २२औँ वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यसका साथै, अब बैंकले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको बोनस दिने भएको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।

साथै, सभाले कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.