ज्योति लाईफ इन्स्योरेन्सको नाफा ६९ प्रतिशतले वृद्धि, खुद नाफा ११ करोड नजिक

  २०७५ भदौ १ गते १५:४९     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १० करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । कारोबार शुरु गरेको १० महिनामै कम्पनीले सो मात्राको नाफा कमाउन सफल भएकाे हो । गत त्रैमासको तुलनामा इन्स्योरेन्सले ६९ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमासमा खुद बीमा शुल्कमा १५४ प्रतिशतले वृद्धी गर्दै २८ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ ।

सो अवधिमा कम्पनीले अल्पकालिन लगानीलाई घटाइ दिर्घकालिन लगानीमा जोड दिएको थियो । जसका कारणले दिर्घकालिन लगानीमा ५७ प्रतिशत वृद्धी भएको तथा अल्पकालिन लगानीमा ८५ प्रतिशतले कमी आएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, इन्स्योरेन्सको जगेडा कोषमा ११ करोड ८३ लाख र जीवनबीमा कोषमा १६ करोड १ लाख रुपैयाँ रहेको छ । जुन रकम क्रमशः ६० र ६३ प्रतिशतले बढेको देखिन्छ । समिक्षा अवधि सम्ममा कम्पनीले १ वटामात्रै दाबी भुक्तानीको लागि निवेदन प्राप्त गरी उक्त दाबी भुक्तानी समेत गरिसकेको छ । साथै, अन्य दाबी भुक्तानी गर्न बाँकी नरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले हालसम्म वैदेशिक रोजगार म्यादी बीमा योजना संचालन गरेको छैन । कुल बीमा शुल्कमा सावधिक तथा आजिवन जीवन बीमा योजना बिक्रीबाट मात्रै सो मात्राको बीमा शुल्क आर्जन गर्न सफल भएको इन्स्योरेन्सले बताएको छ ।

त्यस्तै, कम्पनीको खुद मुनाफा राम्रो रहेको कारणले वीमितहरुलाई दिइने बोनसदरमा सकारात्मक प्रभाव पर्ने र बोनस दर समेत आकर्षक हुन सक्ने देखिन्छ । साथै हाल सम्म १ वटा मात्र मृत्यु दाबी भुक्तानी परेकोले कम्पनीको जोखिम विश्लेषण विधि पनि प्रभावकारी रहेको देखिन्छ । साथै, इन्स्योरेन्सले यसै आवमा ६६ वटा शाखा संजाल विस्तार गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.