नयाँ विमान किन्ने तयारीमा नेपाल वायुसेवा निगम, अर्थ मन्त्रालयले ६ अर्ब दिदै

  २०७५ भदौ १ गते ११:१६     विकासन्युज

काठमाडौँ । नेपाल वायुसेवा निगमले अन्तराष्ट्रिय उडान भर्नका लागि नयाँ जाहाज किन्ने भएको छ । ४ वटा नयाँ जाहाज र एक पुरानोबाट अन्तर्राट्रिय उडान भर्दै आएको निगमले बजार विस्तार गर्न थप जाहाज किन्ने प्रक्रिया अघि बढाएको हो ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नयाँ जहाज किन्नका लागि अर्थ मन्त्रालयबाट ६ अर्ब रुपैयाँ बजेट विनियोजन हुने प्रक्रियामा रहेको जानकारी दिएका छन् ।

अर्थले रकम दिने भएपछि नयाँ जहाज आउँछ, त्यसले गर्दा पर्यटन विकासमा ठूलो सहयोग पुग्नेछ,”–उनले भने । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) का अध्यक्ष सीएन पाण्डेको नेतृत्वमा गएका प्रतिनिधिमण्डलसंगको छलफलमा प्रबन्ध निर्देशक कंसाकारले नयाँ जाहाज ल्याउने प्रक्रिया अघि बढेको बताए । उनले ४ वटा नयाँ जाहाज तत्काल कोरिया, जापानलगायत मुलुकमा विमानले सेवा विस्तार गर्ने बताए ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि राष्ट्रिय ध्वजावाहकको क्षमता अभिवृद्धि गर्न विदेशी विमान सेवासँग साझेदारीका लागि पहल गर्न माग गरेको हो ।

नाट्टाले तेस्रो मुलुकलगायत युरोप, अमेरिकाजस्ता देशका शहरमा हाल नेपाल वायुसेवा निगमको सेवा नगन्य रुपमा रहेको हुँदा त्यस्ता गन्तव्यमा समेत सेवा विस्तार गर्न माग गरेको छ ।

नाट्टाले निगमद्वारा प्रदान गरिने आन्तरिक हवाई सेवाको भाडादर महङ्गो भएको, प्रमुख पर्यटकीय स्थलमा जानसमेत नमान्ने गरेको उल्लेख गर्दै सहज सेवा प्रदान गर्न र स्तरीय भाडादर कायम गर्न आग्रह गरेको छ ।

भेटका क्रममा नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नाट्टाले राखेको माग यथाशक्य चाँडो सम्बोधन हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.