सबैभन्दा बढी नाफा गर्नेमा राष्ट्रिय वाणिज्य, निजीमा नविल बैंक, हेर्नुस कसको कति (सुचिसहित)

  २०७५ भदौ १ गते ७:५९     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा सबैभन्दा बढी नाफा गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भएको छ । वाणिज्य बैंकले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नाफा ५६ प्रतिशत बढाएर ४ अर्ब ३२ करोड८७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७७ करोड ६३ लाख रुपैयाँनाफा गरेको छ । एनआईडीसी डेभलपमेन्ट बैंकलाई गाभेपछि राष्ट्रिय वाणिज्यको नाफा बढेको हो । सबैभन्दा कम नाफा गर्नेमा सिभिल बैंक भएको छ । सिभिल बैंकले नाफा दोब्बर बढाए पनि २८ बैंक मध्ये पुच्छारमा छ । सिभिलले ६४ करोड रुपैयाँ नाफा गरेको छ ।

गत वर्ष २८ वटा बाणिज्य बैंकहरुको नाफा २१.८९ प्रतिशत बढेर ५१ अर्ब २८ करोड रुपैयाँ पुगेको सार्वजनिक गरिएको वित्तीय विवरणले देखाएको छ । यीनै बैंकहरुले २०७४ असार मसान्त अवधीमा ४२ अर्ब ७ करोड नाफा कमाउन सफल भएका थिए । एक बर्षको अवधीमा २८ वटा बाणिज्य बैंकहरुले नाफा ९ अर्ब २१ करोड रुपैयाँ थप भएको छ ।

निजी क्षेत्रबाट सबैभन्दा बढी नाफा गर्नेमा नविल बैंक भएको छ । नविलको नाफा ४ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । तेस्रो नाफा गर्नेमा सरकारको पनि स्वामित्वको कृषि विकास बैंक छ । कृषि विकासले गत आर्थिक वर्षमा ३ अर्ब ५७ करोड रुपैया नाफा गरेको छ । नेपाल इन्भेष्टमेन्टले ३ अर्ब ५७ करोड रुपैया र एभरेष्ट बैंकले २ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएका छन् ।

नेपाल बैंक २ अर्ब ९९ करोड, हिमालयन बैंकले २ अर्ब ४७ करोड, ग्लोबल आईएमई बैकको २ अर्ब १५ करोड, स्ट्याण्डर्ड चाटर्ड बैंकको २ अर्ब १ करोड र सिद्धार्थ बैंकले १ अर्ब ८५ करोड रुपैयाँ नाफा गरेको छ । एनआईसी एसिया, सिटिजन्स, माछापुच्छ्रे, नेपाल बंगलादेश बैंक, एनसीसी र प्रभु बैंक भने नाफा वृद्धि गर्न असफल भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.