४४ मेगावाटको मादीमा ८ बैंकले ५ अर्ब ७५ करोड लगानी गर्ने, ३ वर्षमा बिजुली बल्ने

  २०७५ साउन ३१ गते २०:२८     विकासन्युज

काठमाडौ । ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न ८ वाणिज्य बैंकहरुले ८ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

बिहीबार आयोजित कार्यक्रममा वित्तिय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र सुपर मादी हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले हस्ताक्षर गरेका छन्।
आयोजना बनाउन लागत ७ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कास्की जिल्लाको मादी गाउँपालिकामा आयोजनास्थनल रहेको सो जलविद्युत् आयोजना आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनामा सानिमाले १ अर्ब २५ लाख, एनआइसी एशिया बैंक ८५ करोड, एनसिसी बैंकले ७५ करोड, सनराइज बैंकले ७५ करोड, कुमारी बैंकले ७० करोड, कृषि विकास बैंकले ६० करोड, राष्ट्रिय वाणिज्य बैंकले ६० करोड र प्रभु बैंकले ५० करोड रुपैयाँ लगानी गर्नेछन् ।बाँकी रकम भने लगानीकर्ताले नै लगानी गर्ने कार्यकारी अध्यक्ष ढुङ्गानाले जानकारी दिए।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायतको उपस्थिति थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.