रियल स्कूल अफ नेपालको १०औँ क्षेत्रीय फाइनलमा ज्ञानकुञ्ज विजेता, अन्तिम चरणमा भाग लिन पाउने

  २०७५ साउन ३१ गते १८:२६     विकासन्युज

काठमाडौं । रियल स्कूलअफ नेपाल २०१८को १०औँ क्षेत्रीय फाइनल मध्यमाञ्चलको काठमाडौं पश्चिमको प्रतियोगिताबाट ज्ञानकुञ्ज हायर सेकेन्डरी स्कूल विजेता भएको छ । यस विजयी विद्यालयका सहभागी विद्यार्थीहरु रबिन्स खनाल, सुजनसिंह खड्का, निशान्त आचार्य, अनुराग शर्मा, रीचा थापा र जिदान तामाङ हुन् ।

यी विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् । अब एघारौं क्षेत्रीय (फाईनल) प्रतिस्पर्धा आगामी भदौ ५ गते मध्यमाञ्चलको ललितपुरमा हुनेछ ।

त्यस्तै सिनियर समुह र जुनियर समुहका क्रियाकलापहरुको विजेताहरु यस प्रकार छन् :

सिनियर समुहः
एक्सटेम्पोरः प्रणयपन्थी, लिटल स्टार्सएकेडेमी
डान्सःनम्रताहमाल, माउन्ट ग्लोरी इन्टरनेश्नल स्कूल
फुटबल जगलिङःरिजुलश्रेष्ठ, त्रियोगहाई स्कूल

जुनियर समुहः
पेन्टिङःस्मृतीमहर्जन, कुमुदिनीकुञ्जहायर सेकेण्डरी स्कूल
(थ्री) ३ मिनेट टु फेमः लुबिक नेवा, डल्लुअवासिय विद्यालय
स्कोर द रियल गोलःजिदानतामाङ, ज्ञानकुञ्ज हायर सेकेन्डरी स्कूल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.