वाई वाई ग्लोकल टिन हिरोको ६ प्रतिस्पर्धीको नाम घोषणा, को कोे भए ?

  २०७५ साउन ३१ गते १७:५७     विकासन्युज

काठमाडौं । ग्लोकल टिन हिरो २०१८ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । जसमा आविस्करक विकल्प ढुंगाना, लेखिका दीपशिखा घिमिरे, सामाजिक अभियन्ता प्रशंशा केसी, उद्यमी सौगात तिवारी, इकोप्रेनेर सुदर्शन सुवेदी र सामाजिक उद्यमी स्वोर्निम श्रेष्ठ रहेका छन् ।

यो वर्ष देशभरिका किशोर-किशोरीहरुबाट कुल ५३२ आवेदन मध्ये उक्त ६ जना वाई वाई ग्लोकल टिन हिरोका रुपमा घोषित भएका हुन् । आवेदकहरूले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रामिंग, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता गरेका कामले समाजमा परेको सकारात्मक असर देखाएर आफ्नो कोशलता देखाएका थिए ।

यसको माध्यमबाट किशोर–किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने यो कार्यक्रम गरिएको हो । यस कार्यक्रमको लक्ष्य भनेको यस मन्चमा किशोर-किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर-किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.