केरुङ-काठमाडौं-वीरगञ्ज रेलमार्गको प्रारम्भिक अध्ययन सकियो, डीपीआर ९ महिनाभित्रै

  २०७५ साउन ३१ गते २०:०५     विकासन्युज

काठमाडौं । केरुङ–काठमाडौं–वीरगञ्ज रेलमार्गको प्रारम्भिक अध्ययन सम्पन्न भएको छ । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठका अनुसार आगामी ९ महिनाभित्र केरुङ–काठमाडौंसम्म चीनियाँ सहयोगमा र भारतीय सहयोगमा निर्माण हुने काठामडौं–वीरगञ्ज रेलमार्गको डीपीआर समेत तयार हुनेछ । ‘केरुङबाट काठमाडौं आउने र काठमाडौंबाट वीरगञ्ज जाने रेलमार्गको प्रारम्भिक अध्ययन सम्पन्न भैसक्यो, केरुङ–काठमाडौंको ९ महिना र काठमाडौं–वीरगञ्जको ६ महिनाभित्र डीपीआर समेत तयार हुनेछ’,  मन्त्री महासेठले भने ।

उनले यी दुबै रेलवेको निर्माण अनुदान वा ऋण सहायता केमा गर्ने भन्नेबारे व्यापक छलफल भैरहेको छ ।‘पुरै अनुदानमा बनाउन सकियो भने साह्रै राम्रो, नभए केहि अनुदान र केहि ऋणको मोडल पनि हुन सक्छ, तर जे भएपनि यी दुबै रेलमार्गको निर्माण गरिनेछ’, मन्त्री महासेठले भने । उनले विकासका महत्वपुर्ण पूर्वाधारहरु पुर्णतः अनुदानमा लिने कुरा अन्तराष्ट्रिय समुदायले राम्रो नमान्ने बताए । अन्तराष्ट्रिय वित्तिय सहयोग नियोगहरुसँग न्युन ब्याजदरमा ऋण लिन सकिने पनि बताए ।

उनले आगामी चार महिनाभित्र जयनगरदेखि जनकपुर कुर्तासम्मको रेलमार्ग सञ्चालन हुने दावी गरे । उनले आगामी पाँच बर्षभित्र बर्दिबासदेखि सिमरासम्म आफ्नै श्रोतमा रेल सञ्चालन गरिसक्ने घोषणा पनि गरे । त्यसका लागि धमाधम काम अघि बढाईसकिएको जानकारी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.