साउदी अरेबियाको जेलमा रहेका घर्तिमगरको रिहाइका लागि ६७ लाख रुपैयाँ हस्तान्तरण

  २०७५ साउन ३१ गते १५:२२     विकासन्युज

काठमाडौं । साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको ६७ लाख रुपैयाँ सरकारलाई हस्तान्तरण गरिएको छ ।

दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी (पीडितलाई दिइने क्षतिपूर्ति रकम) ६७ लाख रुपैयाँ दिलबहादुर बचाउन ब्लडमनी सङ्कलन अभियान-२०७५’ मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो । अभियानका संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढाले सो रकम हस्तान्तण गरेका छन् ।

सो रकम साउदी अरबमा रहेको नेपाली दूतावासमार्फत सम्बन्धित निकायसम्म पुर्याउन परराष्ट्र मन्त्रालयले बुधबार नै प्रक्रिया शुरु गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले दिलबहादुरको जीवनरक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए । मन्त्री ज्ञवालीले ब्लडमनी रकम साउदी अरब पुर्याएर दिलबहादुरलाई जति सक्दो चाँडो नेपाल ल्याउने बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.