हुवाईले राख्यो बुकिङ्ग व्यापारको नयाँ रेकर्ड, दुई घण्टामा करिब २००० वटा फोन बिक्री

  २०७५ साउन ३१ गते १४:२९     विकासन्युज

काठमाडौं । हुवाई नोभा सिरिज अन्तर्गतको बहुप्रतीक्षित स्मार्टफोनः नोभा थ्री तथा नोभा थ्री आई ले २,००० वटा फोन बिक्रिगरि अग्रिम बुकिङ्ग व्यापारको नयाँ रेकर्ड कायम गरेको छ । औपचारिक सार्वजनिक गरिएको केहि दिनभित्रै अर्थात साउन ३० गते हुवाईले २ घण्टामा नै २००० वटा फोन बिक्रि गरेको हो ।

कम्पनीका अनुसार सो बिक्रि बेलुकी ५ः०९ देखि ७ः०९ भित्र गरिएको थियो । अग्रिम बुकिङ गरेका ग्राहकहरुले स्वतः नोभाथ्रीको पोर्टेबल प्रिन्टर तथा नोभाथ्री आईको पोर्टेबल स्पीकर जितेका छन् ।

आजको यो अग्रिम बुकिङको सफलताले नोभाथ्री तथा नोभाथ्री आई स्मार्टफोलाई नै पक्कै पनि उचाइमा पु¥याएको छ । पहिलो पटक हुवाईले गा्रहकहरुले फोन किन्न लामबद्ध भएको प्रत्यक्ष अनुभव बटुल्यो। यसले हुवाईलाई थप हौसला दिएको छ भने गर्व महसुस गराएको छ ।

नयाँ फोन खरिद गरे पश्चात् ग्राहकहरुले निकै राम्रो प्रतिक्रिया दिएका छन् । दुवै स्मार्टफोनमा २४ एमपीको प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा सहित दुईवटा फ्रन्ट क्यामरा रहेका छन् ।

नोभाथ्रीको बजार मूल्य ५९ हजार ९०० रुपैयाँ रहेको छ भनेर नोभाथ्री आईको मूल्य ३८ हजार ९०० रुपैयाँ रहेको छ ।
हुवाई नोभाथ्रीको रियर क्यामरामा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफर १.८ वाइड एपेर्चर ६पी लेन्सहरू सहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ । यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र होइनती तस्वीरहरूमाथि अधिकतम नियन्त्रण पनि दिने गर्दछ । हुवाई नोभाथ्री आईमा शक्तिशाली रियर क्यामराहरू पनि रहेको छ । रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ।

हुवाई नोभाथ्री तथा नोभाथ्री आई बारेः

–फुलभ्यू डिस्प्लेः दुवै स्मार्टफोनमा नयाँ जेनेरेसनको ६.३ इन्च एफएचडीं (२३४०*१०८०) सहित १९:%:९ डिस्प्ले
–सफ्टवेयरः एन्ड्रोइड ओ मा आधारित ईएमयूआई ८.२
–क्यामराः हुवाई थ्री तथा हुवाई नोभाथ्री आईमा २४ एमपीको प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा सहित दुईवटा फ्रन्ट क्यामरा रहेका छन् । साथै यसमा तस्वीर लिँदा सीन पहिचान गर्ने प्रणाली छ ।

–आकर्षक डिजाइनः हुवाई थ्रीको दुवै पट्टि डबल कर्भ ग्लास प्यानल छ । हुवाई नोभाथ्री आईमा नानो टेक्चर्ड फिल्म छ जुन प्रकाशमुनि राखिदाँ अर्ध(गोलाकार कर्भहरू र ग्रेडियन्ट इभेक्टहरू देखिन्छ ।

रंगहरूः ग्रेडियन्ट तथा आइरिश पर्पल दुवै स्मार्टफोनहरू फरक रेन्जका विभिन्न रंगहरूमा उपलब्ध छन् । यस वर्षकै सबैभन्दा चर्चित रंग पर्पल वा बैजनीमा दुवै स्मार्टफोन उपलब्ध छन् । “आइरिशपर्पल” नाम दिइएको यस रंग नीलोबाट बैजनी हुन्छ । यस रंगलाई महसुस गर्न हुवाईका दुवै स्मार्टफोनहरुमा सिसा राखिएको छ।

एआई अग्मेन्टेड प्रदर्शनः हुवाई नोभाथ्री तथा हुवाई नोभाथ्री आई दुवैमा हुवाईका फोनहरूमाहुने प्रणाली( किरिन ९७० एसओसी जडान गरिएको छ । जसले एआईसम्बन्धी हिसाबहरू राम्रो बनाउँछ अनि परम्परागत सिपियूहरूभन्दा ५० गुणा राम्रो तथा २५ गुणा बढी क्षमता प्रदर्शन गर्छ । नोभाथ्रीमा किरिन ७१० एसओसी जडित छ जुन हुवाईको पहिलो १२ एनएमचीप हो । हुवाईका दुवै स्मार्टफोनमा सबैभन्दा अग्रणी ईमेज प्रोसेसिङ स्पीड तथा एकुरसी छ जसले प्रयोगकर्ताहरूलाई हाई(टेक अनुभव प्रदान गर्छ ।

जीपीयू टर्बोः दुवै स्मार्टफोनहरूमा ग्राफिक्स प्रोसेसिङ वृद्धि गर्ने प्रविधि जडित छ जसले गेम खेल्दा स्थिर अनुभव‚फोनमा भएको वेब एक्सलेटर इन्जिनले भिडियो प्रोससिङ गतिलाई बढाउँछ अनि स्पष्ट र सहज रूपमा इन्टरनेट भिडियोहरू हेर्न सकिन्छ ।

मूल्यः नोभाथ्री ५९,९०० रुपैयाँ र नोभाथ्री आई ३८,९०० रुपैयाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.