बाराको गंजभवानीपुरमा राष्ट्रिय वाणिज्य बैकको २०६ औं शाखा शुभारम्भ

  २०७५ साउन ३१ गते १२:३८     विकासन्युज

काठमाडौं। राष्ट्रिय वाणिज्य बैक लिमिटेडले बारा जिल्लाको महागढीमाई नगरपालिका वडा न. ३ गंजभवानीपुरमा  २०६ औं शाखा कार्यालय  एक समारोहका बीच बुधबार शुभारम्भ गरेको छ । उक्त शाखाको रावा बैंक संचालक समितिका सदस्य श्री जनककुमार बरालले समुद्घाटन गरेका थिए।

सो समारोहमा प्रमुख अतिथि संचालक बरालले राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंक भएकाले यसको मालिक पनि जनता भएको र संरक्षण पनि जनतालेनै गर्नुपर्ने बताए। बैंकका बीरगंज क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रवन्धक मनोज बर्माको सभापतित्वमा सम्पन्न उक्त समारोहमा बारा क्षेत्र न.२ का प्रतिनिधि सभा सांसद माननीय रामसहाय यादब, २ नम्बर प्रेदेश सभा सासंद माननीय शारदा शंकर साह, बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनाल, उद्योग वाणिज्य संघ गंजभवानीपुरका अध्यक्ष रुस्तम अन्सारी, राजनीतिकदलका प्रतिनिधि, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप संकलन गरी १ खर्व २१ अर्व कर्जा लगानी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.