आईएमई जनरल इन्स्योरेन्सको नाफा १०३ प्रतिशत बढ्यो, ईपीएस ३१ रुपैयाँ

  २०७५ साउन ३१ गते ९:४५     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष ०७४/०७५ मा खुदनाफा १०३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले १६ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा ८ करोड ३२ लाख रुपैयाँ मात्र नाफा गरेको थियो ।

नाफा बढेपछि कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३१ रुपैयाँ २५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ पुगेको कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीले आफनो व्यवसाय ४५प्रतिशत वृद्धि गरेर १ अर्ब रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष ६९ करोड ४९ लाख रुपैयाँ मात्र बीमा शुल्क आर्जन गरेको थियो । २७ करोड ७२ लाख रुपैयाँ दावी भुत्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.