सेन्चुरी बैंकको नाफा ७५ प्रतिशतले बढ्यो, सेयरधनीले ८ प्रतिशत लाभांश पाउन सक्ने

  २०७५ साउन ३० गते १०:५१     विकासन्युज

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षमा ८७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा बैंकले ५० करोड १३ लाख खुद नाफा गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ७५ प्रतिशतले वृद्धि भएको छ । नाफा वृद्धिको आधारमा सेन्चुरी बैंकको वृद्धिदर सबैभन्दा उच्च भएको बैंक व्यवस्थापनले जनाएको छ ।

बैंकको सेयर पुँजी ८ अर्ब ६ करोड रुपैयाँ छ । संचित कोषमा १ अर्ब १० करोड छ । प्रति सेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा छ ।

गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीलाई बढीमा ८ प्रतिशत लाभांश दिन सक्छ । बैंकको पुँजी प्रयाप्तता १६.२२ प्रतिशत भएकाले सेयरधनीलाई नगद लाभांश पाउने सम्भावना छ ।

असार मसान्तमा बैंकको वासलात ७३ अर्ब २० करोडको भएको छ । निक्षेप ६१ अर्ब, कर्जा सापटी ५४ अर्ब, सेयर लगानी ५ अर्ब रुपैयाँ छ ।

पुँजीको आधार बढी भएकोले लगानी विस्तारमा बैंकलाई दवाव छ । सीडी रेसियो ७५ प्रतिशत छ । खराव कर्जा शुन्य दशमलव ४ प्रतिशत छ । कष्ट अफ फण्ड ८.८६ प्रतिशत छ । समग्रमा बैंकको वित्तीय अवस्था राम्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.