नविल बैंकको नाफा ४०५ करोड, लगानीकर्तालाई लाभांश कति ?

  २०७५ साउन ३० गते १०:१४     विकासन्युज

काठमाडौं । नविल बैंकले गत आर्थिक वर्षमा १२.२२ प्रतिशत नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५ करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष ३ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ४४ करोड रुपैयाँ नाफा बढाएको छ ।

बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विववरणमा ब्याज आम्दानी बढेर ६ अर्ब २६ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ब्याज आम्दानी ५ अर्ब ४५ करोड रुपैयाँ थियो । नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ५२ रुपैयाँ १४ पैसामा सीमित भएको छ । अघिल्लो आवमा बैकको ईपीएस ६० रुपैयाँ ८१ पैसा थियो ।

बैंकको निष्क्रिय कर्जा घटेर ०.५५, निक्षेप लागत बढेर ४.७५, कर्जा निक्षेप अनुपात ७४.६८, आधारदर ७.७८ प्रतिशत रहेको जानकारी दिएको छ । बैंकको संचित कोषको आकार बढेर १२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संचित कोष १२ अर्ब ३७ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप परिचालन गरेर १ खर्ब १२ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.