सिभिल बैंकको नाफा दुई गुणाले बढ्यो तर पोजिशन अझै पुच्छारमा

  २०७५ साउन ३० गते ९:११     विकासन्युज

काठमाडौं । सिमिल बैंकले गत आर्थिक वर्षमा ६४ करोड नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा झण्डै दोब्बरले वृद्धि भएको छ । अघिल्लो वर्ष बैंकको नाफा ३४ करोड रुपैयाँ थियो ।

बैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ २० पैसा छ । बैंकको सेयर पुँजी ८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब २२ करोड रुपैयाँ छ ।

पुँजीको आधारमा बैंकले व्यवसाय विस्तार गर्न सकेको छैन । निक्षेप जम्मा ४० अर्ब २ करोड रुपैयाँ छ भने कर्जा सापटी ४० अर्ब ४७ करोड र सेयर लगानी ५ अर्ब ६६ करोड छ । पुँजी प्रयाप्तता अनुपात २०.६५ प्रतिशत छ । यस्तो अनुपात ११ देखि १२ प्रतिशत हुनु उपयुक्त मानिन्छ ।

सीडी रेसियो ७५ प्रतिशत छ भने खराव कर्जा २.६५ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा बैंकको पर्फमेन्स राम्रो देखिन्छ तर २८ वटा वाणिज्य बैंकमा यस बैंकको पोजिसन पुच्छारमा नै छ । बैंककाे वासलात ५३ अर्ब रूपैयाँकाे मात्र छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.