ब्याज आम्दानी घटेपछि एनसीसी बैंकको नाफा २३.६७ प्रतिशत गिरावट, गत वर्ष १०७ करोड मात्र

  २०७५ साउन ३० गते ९:०८     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकका नाफा २३.६७ प्रतिशत घटेको छ । बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा १ अर्ब ७ करोड २० लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको नाफा २५ करोड ३७ लाख रुपैयाँ घटेको छ ।

बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा ब्याज आम्दानीमा भएको गिरावटले नाफा घटेको देखाएको छ । गत वर्ष बैंकले १ अर्ब ८९ करोड रुपैयाँ मात्र ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष २ अर्ब ८४ करोड ८० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंकको ब्याज आम्दानी ९५ करोड ७७ लाख रुपैयाँ घटेको छ ।

नाफा घटेपछि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २६ रुपैयाँ ५१ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष ७२ रुपैयाँ ६३ पैसा थियो । बैंकको निष्क्रिय कर्जा घटेर ३.८९ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ४.८० प्रतिशत थियो । निक्षेप लागत ८.२७, कर्जा निक्षेप अनुपात ७६.७६, आधारदर ११.९२ प्रतिशत रहेको एनसीसीले जनाएको छ ।

बैंकले ६३ अर्ब ५१ करोड ९७ लाख रुपैयाँ निक्षेप परिचालन गरी ५५ अर्ब ३१करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोषको आकार बढेर ५ अर्ब १६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.