स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा ४६ प्रतिशत बढेर २०१ करोड पुग्यो, लगानीकर्ताले कति पाउनेछन् लाभांश ?

  २०७५ साउन ३० गते ८:४१     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा नाफा ४६.२८ प्रतिशत बढाएको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब १ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ नाफा गरेको थियो । एक वर्षको अवधिमा बैंकले ६३ कोड ८७ लाख रुपैयाँ नाफा बढाएको छ ।

बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा ब्याज आम्दानी बढेर ३ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ पुगेको जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकले शुल्क र कमिशनबाटै ६६ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

नाफा बढेपछि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २७ रुपैयाँ ६० पैसा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ईपीएस २२ रुपैयाँ ७८ पैसा थियो । बैंकको निष्क्रिय कर्जा ०.१८, निक्षेप लागत बढेर ४.३१, कर्जा निक्षेप अनुपात ७१.६८, आधारदर बढेर ७.८७ प्रतिशत पुगेको छ । आधार दर बढ्दै गएको बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षमा ६७ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ निक्षेप परिचालन गरी ४७ अर्ब ७ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषको आकार ६ अर्ब २३ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.