एनएमबी बैंकको नाफा २३.५५ प्रतिशत बढ्यो, गत वर्ष १८१ करोड पुग्यो

  २०७५ साउन ३० गते ८:१९     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा नाफा २३.५५ प्रतिशत बढाएको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ८१ करोड २९ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा अघिल्लो वर्षको तुलनामा गत वर्ष ३४ करोड ५६ लाख रुपैयाँ नाफा बढाएको उल्लेख छ ।समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेर २ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ब्याज आम्दानी २ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ थियो ।

नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर ३१ रुपैयाँ २६ पैसा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ईपीएस २७ रुपैयाँ २४ पैसा थियो । बैंकको निक्षेप लागत ७.४६, निक्षेप कर्जा अनुपात ७७.७२, आधारदर १०.७० निष्क्रिय कर्जा ०.८८ प्रतिशत रहेको छ । बैंकको निष्क्रय कर्जा अनुपात घटेको छ ।

यस्तै बैंकको निक्षेप परिचालन बढेर ८४ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि विस्तार भई ७५ अर्ब ८५ करोड ७० लाख रुपैयाँ छ । संचित कोषको आकार बढेर ९ अर्ब १९ करोड ४५ लाख रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.