फास्ट ट्रयाकमा विदेशी सहायता, निजगढ विमानस्थल विदेशीलाई

  २०७५ साउन २९ गते १९:१५     विकासन्युज

काठमाडौं । सरकारले बहुप्रतिक्षित काठमाडौं निजगढ फास्ट ट्रयाक निर्माणमा विदेशी लगानी खोज्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली सेनाद्धारा निर्माण प्रक्रिया आरम्भ गरिएको फास्ट ट्रयाकका लागि विदेशी सहायता खोज्ने प्रक्रिया अघि बढेको बताएका हुन् ।

अर्थमन्त्री डा. खतिवडाले कुन दातृ निकायसँग सहायता लिने भन्नेबारे भने केहि पनि खुलाएनन् ।‘फास्ट ट्रयाकको निर्माणका लागि श्रोत जुटाउन दातृ निकायहरुसँग छलफल भैरहेको छ, ठूला परियोजनाहरुमा आफ्नै श्रोत लगाउँदा विकासमा असन्तुलन हुन्छ, श्रोतले पुग्दैन, त्यसकारण दाताहरुसँग छलफल अघि बढेको छ’, मंगलबार संसदको अर्थ समितिमा डा. खतिवडाले भने ।
विदेशी सहायता दिने भएपछि फास्ट ट्रयाकको निर्माण भने नेपाल आफैंले गर्ने र नेपाली सेना मार्फत नै अघि बढ्ने पनि उनले स्पष्ट पारे ।
अर्थमन्त्री डा. खतिवडाले निजगढ विमानस्थलको निर्माणको जिम्मेवारी भने निजी क्षेत्रलाई दिने बताए । उनले निजगढ विमानस्थल निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई दिने पर्यटन मन्त्रालयसँग आवश्यक छलफल भैरहेका जानकारी दिए ।‘निजगढ विमानस्थलको निर्माण निजी क्षेत्रलाई दिने तयारी भैरहेको छ, पर्यटन मन्त्रालयसँग आवश्यक छलफल जारी छ’, अर्थमन्त्री डा. खतिवडाले भने ।

उनले निर्माण, सञ्चालन तथा हस्तान्तरण(बुट) मोडलमा निजगढ विमानस्थल बनाउने बताए । बुट मोडलमा निर्माण गर्न विदेशी कम्पनीहरुलाई दिनुपर्नेछ । यसअघि कोरियाली कम्पनी ल्याण्डमार्क वर्र्डवाइड(एलएमडब्ल्यु)ले निजगढ विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन गरेको थियो । सो रिपोर्टको स्वामित्व हस्तान्तरणका लागि एलएमडब्ल्युले ३५ लाख अमेरिकी डलर मागेको छ ।

काठमाडौंदेखि निजगढसम्म ७६ किलोमिटर लामो फास्टट्रयाक ४० मिनेट मै पार गर्न सक्ने छ । फास्टट्रयाक बनाउन १ खर्ब १० अर्ब रुपैयाँ भन्दा बढी लाग्ने संभाव्यता अध्ययनले देखाएको छ । यो राजधानीलाई तराई मधेश जोड्ने छोटो दुरीको सडक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.