सुबिसुको पाचौं सेल्स आउटलेट कलंकीमा

  २०७५ साउन २९ गते १८:२३     विकासन्युज

काठमाडौं । सुबिसु केवलनेट प्रा. लि.ले आफ्नो पाचौं सेल्स आउटलेट “सुविसु स्टेसन” काठमाडौंको कलंकीमा सञ्चालन गरेको छ । उक्त आउटलेटको उद्घाटन कम्पनीका सञ्चालक सुरेन्द्रबहादुर श्रेष्ठले गरेका हुन् ।

यस स्टेसनबाट सुबिसुले कलंकी तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुलाई सुबिसुको सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्नुका साथै सेवाहरुको बिक्रि तथा वितरण गर्ने छ । साथै, सेवापछिको आफ्टर सेल्स सपोर्ट आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ ।

यसका साथै, हाल सुबिसु स्टेसनहरु ललितपुरको झम्सीखेल, काठमाडौंको रानीबारी, सुकेधारा, दिल्लीबजार र कलंकीमा रहेका छन् । साथै कम्पनीको आगामी दिनहरुमा आफ्ना विभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न विभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापना गर्ने योजना रहेको छ ।

सुबिसु नेपालको पहिलो कम्पनी हो जसले एउटै तारबाट ग्राहकहरुलाई ईन्टरनेट र टिभी सेवा प्रदान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.