गरिमा विकास बैंक र देवः विकास बैंकबीच रेमिट सम्झौता

  २०७५ साउन २९ गते १८:०५     विकासन्युज

काठमाडौं । देवःविकास बैंकले गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंकसँग सम्झौता गरेको छ । मंगलबार(आज) सम्पन्न उक्त सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र देवःविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पछि देवःविकास बैंकका जुनसुकै शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताएका छन् । हाल बैंकको कुल ५१ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.