ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिटेन्स सम्झौता

  २०७५ साउन २९ गते १७:५७     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडबिच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेशसिह भण्डारीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात ज्योति बैंकको ‘ज्योति रेमिट’ सेवा कुमारी बैंकका जुनसुकै शाखाबाट र कुमारी बैंकको ‘कुमारी रेमिट’ सेवा ज्योति विकास बैंकको जुनसुकै शाखाबाट प्राप्त गर्न सकिने भएको छ ।

हाल ज्योति विकास बैंकको ६० वटा शाखा रहेका छन् । त्यस्तै, कुमारी बैंककाे ८४ वटा शाखा कार्यालय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.