सरकार आफै मेनपावर कम्पनी बन्न लागेको हो ? बलबहादुर तामाङ

  २०७५ साउन २९ गते ९:०६     विकासन्युज

रोजगारदाता देशको ब्यक्ति तथा निजि क्षेत्रका कम्पनी तथा ब्यक्तिगत घरमा कामदार आपुर्ति गर्नुपर्ने, प्रधानमन्त्री तथा मन्त्री रोजगारदाता देशको भ्रमणमा जांदा आफ्ना समकक्षी तथा निजि क्षेत्रले घर तथा कारखानामा कामदार माग्ने छ । यो राम्रो कुरा हो । तर यसबाट सरकार नै बैदेशिक रोजगारमा पठाउने एजेन्टको रुपमा देखिनेछ ।

जस्तै कोरियाको एचआरडीले नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ऐजेन्ट भनेर सम्बोधन गर्दै आएको छ । सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपाल कामदार आपुर्ति गर्ने देशको रुपमा चिनिने छ । देशको प्रतिष्ठामा आँच आउनेछ ।

रोजगारदाता देश, रोजगारदाता कम्पनी र ब्यक्ति आफु मालिक र नेपाल सरकार कामदार आपुर्ति गर्ने संस्थाको ब्यवहार हुनेछ । संयुक्त राष्ट्रसंघ ,अन्तर्राष्ट्रिय फोरममा सरकारको सहभागीता हुँदा सरकारका प्रतिनिधिसंग सिधा नेपाली कामदार माग्ने परिस्थिति सृजना हुन्छ । जुन मुलुकमा लागि राम्रो हैन ।

अर्कोकुरा आन्तरिक रोजगार सृजना गर्न सरकार लाग्ने छैन । अन्तत नेपाल आर्थिक रुपमा परनिर्भर हुनेछ । अर्काको देशको भाषा पढ्न,भाषा परीक्षा दिन जतिपनि बेला पनि बेरोजगार युवाहरु लाग्ने छन । ५ वर्षमा आन्तरिक रोजगार बढ़ाएर देशमैं रोजगारी दिने सरकारले आफै कामदार विदेश पठाउछु भन्नु आफनो ५ वर्षीय योजनाको आफै विपरीत देखिने छ । राजदुतावास कुटनैतिक काम छोडेर बजार प्रवर्द्धनमा लाग्नु पर्नेछ । यस्तै एजेन्सीको काम पनि सरकारले नै गर्नु पर्नेछ । आन्तरिक राजस्वमा बैदेशिक रोजगार करको हिस्सा शुन्य हुनेछ । ( तामाङ नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका पूर्व अध्यक्ष हुन )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.