वृज सिमेन्टद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २५०० जनाले गराए स्वास्थ्य परिक्षण

  २०७५ साउन २८ गते १७:५२     विकासन्युज

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि ले साउनको अन्तिम सोमबार(आज) सुन्दरीजलदेखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस लगायतका सेवा प्रदान गरेको छ ।

सिमेन्टले लायन्स एण्ड लियो क्लब अफ काठमाडौं चाबहिल, दिर्घायु गुरु हस्पिटल एण्ड रिर्सच सेन्टर, चाबहिल र वृज सिमेन्टको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरेको हो । विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई १०० जना विभिन्न स्वयंमसेवकहरुद्धारा ८ स्थानमा सेवा प्रदान गरिएको थियाे । यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरिएको छ ।

उक्त स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरका अनुसार करीब २५०० धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।

साउनको सोमबार महादेबको विभिन्न मन्दिरहरुमा पुजा अर्चना गरिन्छ र सोमबार बिशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेब हलेशी लगायत देशभरका विभिन्न स्थानमा पुजा अर्चना गरिन्छ । वृज सिमेन्टले आफ्नो कम्पनीको वार्षिक कार्यक्रम अन्र्तगत सामाजिक उत्तरदायित्व अन्र्तगत गरेका बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.