समाचारको खण्डन माग गर्दै झुटो पत्र लेखे किरणमान जोशीले

  २०७५ साउन २७ गते १९:०७     विकासन्युज

काठमाडौं । ‘बुहारी भगाएर गुरुप्रसाद न्यौपानेको सम्पत्ति हत्याउने प्रयास, डिभोर्ससँग आधा सम्पत्ति मागिन् पुजाले’ शिर्षकमा सामाजिक बेथितिका बारे लेखिएको समाचार विकासन्युजमा प्रकाशित भएपछि प्रधान सम्पादक रामकृष्ण पौडेलकाे ज्यान लिने धम्की दिएका किरणमान जोशीले उक्त समाचार खण्डन गर्न माग गर्दै आइतबार अष्ट्रेलियाबाट एउटा पत्र इमेल गरेका छन् । प्रेस काउन्सिल नेपाललाई बोधार्थ समेत जनाई विकासन्युज डटकमलाई लेखेको खण्डन पत्रमा झुटो दावी गरिएको छ ।

पुजा दाहालले अदालतमा हालेको मुद्दा, मुद्दाको पक्ष र विपक्षमा अदालतमा पेश गरिएको प्रमाणहरु र तथ्यहरुको आधारमा लेखिएको समाचारलाई उनले ‘तथ्यहिन र आधारहिन’ भनेका छन् ।

सुन्दरमणि दिक्षितका छोरी लज्जा दिक्षितसँग विवाह गरेर उनलाई विचल्लीमा पारेको, शतिस न्यौपानेकी श्रीमती पुजा दाहाल न्यौपालेसँग नयाँ सम्बन्ध राखेको, पुजा दाहाललाई शतिससँग डिभोर्स गर्न र आधा सम्पत्ति दावी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा हाल्न लगाएको विषयबारे उनले पत्रमा केही पनि उल्लेख गरेका छैनन्, जुन समाचारको प्रधान विषय हो ।

जोशीले अष्ट्रेलियाबाट ६१४११७४८८१० नम्बर प्रयोग गरी प्रधान सम्पादक पौडेलसँग कुरा भएकाे पुष्टी गरेका छन् तर धम्की नदिएको भनेर झुटो लेखेका छन् । जोशीले गत बुधबार प्रधान सम्पादक पौडेललाई फोन गरी विश्वको २०० देशमा जहाँ बसेपछि सिध्यादिने धम्की दिएका थिए ।

विकासन्युजमा प्रकाशित समाचारले आफ्नो जीवन र चरित्रमाथि दाग लागेको उनको भनाई छ । तर उनको आफ्नै व्यवहारले अरुको छोरी, बुहारी र परिवारको विचल्ली भएकोबारे केही पनि बोलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.