मोरङ मुस्लिम समाजका प्रवक्ता आलम सम्मानित

  २०७५ साउन २७ गते १०:१०     विकासन्युज

काठमाडौं । मोरङ मुस्लिम समाजका प्रवक्ता ओसिम आलम सम्मानित भएका छन् । विश्व युवा दिवसका अवसरमा जील्ला युवा सञ्जालले आयोजना गरेको रमपम युथ फेस्टिभल २०१८ मा आलमलाई सम्मान गरिएको हो । गत बर्षको बाढी तथा डुबानका क्रममा उद्धार र राहतमा पुर्याएको योगदान वापत मोरङ मुस्लिम समाजका प्रवक्ता आलमलाई सम्मान गरिएको हो ।

बिरेन्द्र सभागृहमा आयोजीत भव्य कार्यक्रममा प्रदेश नम्बर १ का वन तथा पर्यटन मन्त्री जगदिश कुसियतले सम्मान गरेका थिए । फेष्टिभलमा युवा उद्यमी, समाजसेवा, प्रतिभाशाली युवा लगायतलाई सम्मान गरिएको संयोजक भुषण पोमोले जानकारी दिए । कार्यक्रमको समन्वय भने सञ्जालका सचिव प्रज्वल अधिकारी, विकास महतो, अविशेक ओझा, अविशेक राउत र प्रनिल बस्नेत लगायतले गरेका थिए ।

अनेरास्ववियुको केन्द्रिय सचिव समेत रहेका आलम मोरङका उदियमान युवा नेता समेत हुन् । पुर्वी तराईमा आईपर्ने हरेक जसो संकटहरुमा उनी मोरङ मुस्लिम समाजको अगुवाईमा खटिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.