स्वदेशी लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्न पायो बोर्डको अनुमति

  २०७५ साउन २५ गते १७:००     विकासन्युज

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीको लागि शतप्रतिशत (१००) हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ११ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिए अनुसार ११ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति पाएको हो । बोर्डको अनुमति पाए पश्चात संस्थाले एनआईसी एसिया क्यापिटल लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी २३ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १५६१ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.