एनसेलको डीडीए गर्ने नेपाली कम्पनी भेटिएनन्, ६१ अर्ब खोज्न विदेशी कम्पनी डाकिने

  २०७५ साउन २५ गते १६:५५     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको डीडीए गर्ने कम्पनी फेला पार्न सरकार असफल भएको छ । कर सम्बन्धी विवाद निराकरणका लागि भन्दै ठूला करदाता कार्यालयले एनसेलको सम्पति दायीत्व मूल्यांकन(डीडीए) गर्न स्वदेशी फर्म तथा कम्पनीहरुलाई आवेदन खुल्ला गरेको थियो । तर तोकिएको समय अर्थात शुक्रबारसम्म एउटा पनि नेपाली फर्म तथा कम्पनीहरुले आवेदन दिएनन् ।

अब ठूला करदाता कार्यालयले अन्तराष्ट्रिय कम्पनीका लागि आवेदन खोल्नेछ । ‘हामीले तोकेको मापदण्ड पुरा गरेका कम्पनी नेपालमा रहेनछन्, त्यसैले एउटा पनि आवेदन परेन्, अब अन्तराष्ट्रिय आवेदन खोल्छौं, त्यसमा जेभी गरेर नेपाली कम्पनी पनि सहभागी हुन पाउनेछन’, ठूला करदाता कार्यालय श्रोतले विकासन्युजसँग भन्यो ।

टेलियो सोनेरा र एक्जिएटाबिच भएको खरिद बिक्रिको सम्झौता पत्र सरकारलाई बुझाउन अटेर गरेपछि कार्यालयले आफैं डीडीए गराउन लागेको हो । कार्यालयले २०७२ साल चैत २९ गते अघिको डीडीए गराउन लागेको हो । डीडीएपछि एनसेलको सेयर खरिद बिक्री तथा सम्पति र दायित्वको एकिन मूल्यांकन भएर कर असुलीमा सघाउ पुग्ने बताइएको छ ।

एनसेल खरिद बिक्रि प्रकरणमा करिब ६१ अर्ब रुपैंयाँ पुँजीगत लाभकर छलिएको ठूला करदाता कार्यालयको ठम्याई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.