बालबालिकाको सहयोगको लागि ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने

  २०७५ साउन २५ गते १६:३६     विकासन्युज

काठमाडौं । क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने भएको छ । फेशन शोबाट उठेको रकम बालबालिकाको सहयोगमा खर्च हुनेछ ।

यो फेशन शोमा चर्चित नायिका सञ्चिता लुईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा रहने छन् । एक दर्जन भन्दा बढि चर्चित मोडलहरु र्याम्पमा उत्रने छन् । डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा मोडलहरु र्याम्प शोमा उत्रने छन् । यस शोमा नेपालका चर्चित कलाकारहरुको सांगितिक प्रस्तुति पनि रहेने छ ।

फेशन शो गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न हुने छ । शो ललितपुरको इन्द्रणी ब्याक्वेटमा हुने छ । भण्डारीले देश तथा विदेशमा सफल रुपमा कार्यक्रम आयोजना गरिसकेकी छिन् । अभिनय, गायन र इभेन्ट आयोजनामा सक्रिय रहेकी भण्डारी रशलाईट मिडियाकी अध्यक्ष पनि हुन । सामाजिक काममा सहयोग गर्न पाउँदा सबै पीडा भुल्ने रशलाईट मिडियाकी अध्यक्ष तथा क्यान एजुकेशनकी कार्यक्रम संयोजक भण्डारी बताउँछिन् । शो सफल बनाउनका लागि कुनै पनि कसुर बाँकी नराख्ने जोजोलोप्पा कलेक्सनका सञ्चालक सुमन मर्हजन प्रतिबद्धता जनाए ।

उक्त फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट वञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाउण्डेशनका अध्यक्ष रत्न राईले बताए । क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको फाउण्डेशनकी कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.