३० रुपैंयाँको इन्धन खर्चेर आफ्नै मोटरसाइकल/स्कुटरमा अब गुड्नुस १२० किलोमिटर

  २०७५ साउन २५ गते १४:५८     राजाराम न्याैपाने

काठमाडौं । न पेट्रोल हाल्नुपर्ने चिन्ता न महंगो मूल्य । ३० रुपैंयाँको बिजुलीले चार्ज गर्नुस अनि गुडाउनुस १२० किलोमिटर । सुन्दा अपत्यारिलो लाग्ने यो कुनै दन्त्य कथा होइन् । एउटा विद्युतिय मोटरसाइकल र स्कुटरको सत्य हो । अझै अचम्म लाग्ने तथ्य यो छ कि २ बर्षका लागि मर्म खर्च जम्मा ३ हजार मात्रै ।

मोटर साइकल र स्कुटरको महंगो खरिद मूल्य, आकाशिँदो पेट्रोलको भाउ, थेग्ने नसक्ने सर्भिस शुल्कले हैरान हुनुभएको छ भने अब विद्युतिय सवारी तर्फ ध्यान दिनुस् । अष्ट्रेलियाको भिमोटो कम्पनीले ३० रुपैयाँको विद्युतले चार्ज गरेर १२० किलोमिटरसम्म गुड्ने मोटरसाइकल र स्कुटर नेपाली बजारमा ल्याइसकेको छ । त्यो पनि सस्तो मूल्यमा र २ वर्षसम्मको मर्मत खर्च बढीमा ३ हजार मात्रै लाग्छ ।

पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटरको न्युनतम मूल्य १ लाख ५० हजार रुपैयाँ पर्छ । तर भिमोटोले उत्पादन गरेको विद्युतीय मोटरसाइकल र स्कुटरको मूल्य न्युनतम १ लाख १० हजार रुपैयाँ छ । ३० रुपैयाँको चार्ज गर्दा १२० किलोमिटर गुड्छ । ब्याट्री चार्ज गर्न ३ घन्टा देखी ६ घन्टासम्म लाग्छ । दिउँसोभरी गुडाएर रातभरी व्याट्री चार्जमा राख्न सकिन्छ ।

पेट्रोलबाट चल्ने बाइक र स्कुटरमा ५० किलोमिटर चलाउँदा १ लिटर पेटोल प्रयोग हुन्छ । अहिले पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ छ । १२० किलोमिटर गुड्दा पेट्रोलबाट चल्ने बाइक र स्कुटरले  झण्डै ३०० रुपैयाँको  इन्धन खपत गर्छ । तर इलेक्ट्रिक भिमोटोले ३० रुपैयाँमा त्यत्ति गुड्ने भिमोटो नेपालका सञ्चालक सुरेन्द्र मान्नधर बताउँछन् ।

विश्व बजारमा नै इलेक्ट्रोनिक सवारी साधनहरुको माग बढिरहेको छ । भारतले सन् २०३० सम्म तेलबाट चल्ने सवारीसाधनहरुको विकल्पका रुपमा इलेक्टोनिक सवारीसाधनमा जोड दिएकाले यसको माग बढेको उनको भनाई छ । भिमोटोले २ वर्षसम्मका लागि कम्पनीले वारेन्टी दिएर बिक्री गरिरहेको छ । चार्ज बाहेक यो कम्पनीको बाइक र स्कुटर सञ्चालनको २ वर्षसम्म ३ हजार रुपैयाँ मात्रै खर्च हुने बताएको छ । यसले बढिरहेको प्रदूषणलाई पनि नियन्त्रण गर्छ ।

डिजेल र पेट्रोलबाट सञ्चालन हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार धैरै नै सस्तो छ । विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले कर उठाउने गरेकाले मूल्य अन्यको भन्दा सस्तो रहेको सञ्चालक मानन्धरको भनाई छ । नेपालमा पनि सन् २०२० सम्म उपत्यकामा सञ्चालन हुने कुल सवारी साधनको २५ प्रतिशत विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइने भने पनि कार्यन्वयन हुन नसकेको उनी बताउँछन् । “नाकाबन्दी सकियो, विद्युतीय सवारी साधनको चर्चा पनि क्रमशः ओझेल पर्न थाल्यो । सरकारी नेतृत्व नै उदासीन देखियो” मानन्धर भन्छन् ।

वायु प्रदूषण बढ्दै गएपछि राष्ट्रिय योजना आयोगले विद्युतीय सवारी साधन, आवश्यक उपकरण, व्याट्री तथा पार्टपुर्जामा लाग्दै आएको भन्सार शुल्कलाई शून्य प्रतिशतमा झार्न र पेट्रोल, डिजलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न वैधता प्रदान गर्ने लगायतका सुझाव दिइएको थियो । तर अहिले त्यो कुरा हराएको उनको गुनासो छ । भिमोटोको काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा र जनकपुरमा बिक्री केन्द्र खुलेका छन् । कुनै स्कुटर वा बाइक बिग्रियो भने बिगे्रको ठाँउमा नै गएर कम्पनीले मर्मत गरिदिने व्यवस्था भएको मानन्धरले बताए ।

भिमोटो नेपालको बाइक र स्कुटरको मूल्य १ लाख १० हजार देखी २ लाख ७४ हजार रुपैयाँसम्मको छ । भिमोटो टि १.५ स्कुटरको मूल्य १ लाख १० हजार, भिमोटो एलएन स्कुटरको मूल्य १ लाख ३१ हजार, भिमोटो इम्याक्स् स्कुटरको मूल्य २ लाख १६ हजार, इकोटर स्कुटरको मूल्य २ लाख ४५ हजार र भिमोटो भिक्ड्राकस स्कुटरको मूल्य २ लाख २६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यस्तै, भिमोटो सोको टिएस बाइकको मूल्य २ लाख ४९ हजार र भिमोटो सोको सिटी बाइकको मूल्य २ लाख ७४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.