नेपाल र बंगलादेशबीच ऊर्जामा लगानी सम्वन्धी समझ्दारी, नेपालबाट ५०० मेगावाट बिजुली किन्ने

  २०७५ साउन २५ गते १२:५०     विकासन्युज

काठमाडौं । बंगलादेशले नेपालको जलविद्युतमा लगानी गर्ने भएको छ । जलविद्युतमा लगानी गर्ने विषयमा नेपाल र बंगलादेशबीच समझ्दारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत, ऊर्जा तथा खजिन स्रोत राज्यमन्त्री नरसुल हमिदले एमओयुमा हस्ताक्षर गरेका छन् ।

बंगलादेशका लगानीकर्ताले नेपालीसंगको साझेदारीमा ऊर्जा विकासमा संयुक्त रुपमा लगानी गर्ने भएका छन् । यसका लागि प्रसारणलाइन जोड्ने लगायत विषयमा समझदारी भएको छ । बंगलादेशले ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजनाबाट ५०० मेगावाट बिजुली खरिद गर्नका लागि सहमति गरेको छ ।

पछिल्ला वर्षमा बंगलादेशले नेपालको जलविद्युतमा लगानी गरेर बिजुली किन्ने तयारी गरेको छ । नेपालको जलविद्युतमा भारत र चीनपछि बंगलादेश सहभागी भएको छ । सो अवसरमा बंगलादेशका राज्यमन्त्री हमिदले एमओयुबाट ऊर्जा विकासमा कोशेढुङा कायम भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.