जनता बैंकको इन्टरनेशनल रेमिट्यान्स सेवा शुरु, विदेशबाट पैसा पठाउन सजिलो

  २०७५ साउन २४ गते १७:४५     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा मार्फत बैंकले अबदेखि विदेशमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।

बहराइनको बेक्स मनी बहराइन एक्स्प्रेस एक्स्चेन्ज र जनता बैंक नेपालबीच उक्त सेवा सञ्चालन गर्ने सम्बन्धी भएको हो । सम्झौताअनुसार अब बहराइनमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत जनता बैंकमा रहेको खातामा रकम पठाउन सक्नेछन् । खाताबाट कारोवार गर्नको लागि बेक्स मनी बहराइनमा रहेको कुनै पनि शाखामा सम्पर्क गरी जनता बैंकमा खाता खोल्न र चेक बुक तथा एटीएम कार्ड प्राप्त गरी करोबार गर्न सक्नेछन् ।

बहराइनबाट जनता रेमिटमार्फत पठाइएको रकम जनता बैंकको जुनसुकै शाखाकाे सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सक्नेछन् । जनता रेमिट सेवा निकट भविष्यमै भारत, मलेशिया, जापान, कुवेत, कतार, ओमान र यूएईबाट समेत शुरु गरिनेछ ।

जनता बैंकले हाल १२१ शाखा सञ्जाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सरल र सहज रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.