चावहिल-जोरपाटी-साँखु सडकमा माधव नेपाल र रघुबिर महासेठका २ घण्टा: १५ दिनमा हिलो र धुलो मुक्त बन्ने

  २०७५ साउन २४ गते १०:०८     विकासन्युज

काठमाडौं । बिहिबार बिहान ८ः३० बजेतिर पाँच सात वटा गाडीको लस्कर चावहिलबाट जोरपाटी तर्फ हुईकिन्छ । प्रहरीको साइरनसहित अघि बढेको टोली हायत भाटभटेनी नजिकै पुगेर रोकिन्छ, गाडीबाट ओर्लन्छन पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल । उनको साथमै हुन्छन सोही क्षेत्रका प्रतिनिधी सभाका सदस्य कृष्ण राई, प्रदेश सभाका सदस्य रामेश्वर फुयाल र मणिराम फुयाँल, गोकर्णेश्वर नगरका मेयर सन्तोष चालिसे, शंखरापुर नगरका मेयर सुवर्ण श्रेष्ठ, कागेश्वर मनहराका मेयर कृष्णहरी थापा ।

साथमा थिए भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ र सडक विभागका महानिर्देशक रबिन्द्र श्रेष्ठ पनि ।
पुर्व प्रधानमन्त्री नेपाल र मन्त्री महासेठको टोलीले भाटभटेनी आसपास, वौद्ध र हायत होटल जोड्ने मोड, लामा पेट्रोलपम्प हुँदै थलीको मोडसम्म पुगेर करिब एक दर्जन ठाउँमा स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भौतिक पुर्वाधार मन्त्री महासेठले ठेकेदार सुकुन्तलाल हिराचनलाई सोधेः खाल्डा खुल्डी, धुलो र हिलो मुक्त कहिले हुन्छ ? हिराचनले प्रतिवद्धता जनाए–अर्काे पटक आउँदा खाल्डा खुल्डी, धुलो, हिलो र डुबानको समस्या रहन्न । त्यतिकैमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले भनेः अर्काे १५ दिनपछि म फेरी अनुगमनमा आउँछु नी ।

हिराचनले तुरुन्तै जवाफ दिए–१५ दिनपछि आउँदा ती काम भैसक्नेछन् । नेकपाका बरिष्ठ नेता नेपाल, मन्त्री महासेठ, सांसदहरु, नगरपालिकाका मेयरहरु, सडक विभागका महानिर्देशक श्रेष्ठ, आयोजना प्रमुख लगायतको टोलीले करिब २ घण्टा चावहिल जोरपाटी साँखु सडकको स्थलगत निरिक्षण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.