माधव नेपाललाई भेटे जापानी राजदुतले, के के भयो कुरा ?

  २०७५ साउन २२ गते १७:४७     विकासन्युज

काठमाडौं । नेपालका लागि जापानका नवनियुक्त राजदूत मासामिचि साइगोले पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेता नेपालको नीजि निवास कोटेश्वरमा नवनियुक्त राजदुत मासामिचि साइगोले पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता नेपालसँग भेट गरेका हुन् ।

भेटमा दुई देशको सम्बन्ध र विकासमा साँझेदारीबारे छलफल भएको थियो । बरिष्ठ नेता नेपालले मासामिचि साइगोको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझै मजबुत हुने, नेपालको विकासमा जापानको सहयोग बढ्ने विश्वास व्यक्त गरेका थिए ।

राजदूत साइगोले पनि नेपालको विकास र स्थायीत्वमा जापानले सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.