भारतीय टम्बो मोबाइल सेट नेपालमा, ३६५ दिनको फिर्ता वारेन्टी

  २०७५ साउन २१ गते १७:३६     विकासन्युज

काठमाडौं । भारतमा बनेको टम्बो ब्राण्डको नयाँ मोवाइल सेट नेपाली बजारमा आएको छ । टम्बो ब्राण्डको मोवाइल सेट भारतको अगस्टन र चीनको ओईएम कम्पनीको संयुक्त लगानीमा तयार पारिएको हो ।

शंकराचार्य मोवाइल प्राइभेट लिमिटेडले टम्बो ब्राण्डको मोवाइल नेपालमा भित्राएको हो । सन् २०१८ को अप्रिलदेखि भारतमा टम्बो ब्राण्डका विभिन्न मोवाइल सेट सार्वजनिक गरेको थियो ।

कम्पनीले पहिलो चरणमा सीमित मोडलका सुपर र फीचर मोवाइल सेट बजारमा ल्याएको छ । कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका सुपरफोनहरु सार्वजनिक गरेको छ ।

टम्बो सुपरफोन टिए ३ नामका फोन सार्वजनिक गरेको छ, जुन सस्तो मुल्यमा आउने कम्पनीले बताएको छ । टम्बो ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँबाट बजारमा उपलब्ध हुनेछ । टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईने कम्पनीले बताएको छ ।

टम्बोका नेपालमा उपलब्ध हुने सबै सुपरफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फीचरहरु राखिएका छन् । यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट हुनसका साथै वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर छन् । कम्पनीले भारतमा रहेको ग्रेटर नोइडाको कारखाना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.