देश विकासमा अन्तराष्ट्रिय समुदायको भूमिका अपरिहार्यः अर्थमन्त्री

  २०७५ साउन १७ गते १८:१४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको विकासमा अन्तराष्ट्रिय समुदायको भूमिका अपरिहार्य हुने बताएका छन् । नेपाल उद्योग परिसंघ प्रवुद्ध परिषद (थिङ्कट्याङ्क) का संयोजक शम्भुराम सिंखडाद्वारा लिखित “नेपाल, भारत, चीनः २१औँ सताब्दीमा सम्बन्ध विस्तार” विषयक पुस्तकको बिमोचन गर्दै मन्त्री खतिवडाले त्यस्तो बताएका हुन् ।

मुलुकले अङ्गीकार गरेको तीव्र र दिगो विकासको लक्ष्य हाँसिल गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहयोग तथा सद्भाव अपरिहार्य रहेको स्वीकार गरे । समृद्धिको मार्गमा नेपाललाई थप ऊर्जा प्रदान गर्नेमा विश्वस्त रहदै निजी क्षेत्र र अन्तर्राष्ट्रिय व्यापारिक÷औद्योगिक समुदाय बीचमा भएको समझदारीबाट समेत मुलुकमा थप लगानी आउने सन्देश प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष अध्यक्ष हरिभक्त शर्मा र पीएच्डी चेम्बर अफ कमर्शका अध्यक्ष अनिल खेतानले नेपालमा र भारतमा दुबै चेम्बरमा भारत नेपाल सेन्टरको स्थापना गर्ने सहमति गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.