मेगा बैंकले स्याङ्जाको भीरकोटमा रोप्यो विभिन्न जातका ३०० वटा बिरुवा

  २०७५ साउन १६ गते १३:०६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले स्याङ्जाको भीरकोटमा वृक्षारोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकको स्याङ्जा भीरकोट शाखाले भीरकोट नगरपालिकाको वडा नम्बर ३ बानेथाकस्थित कालिका प्राथमिक विद्यालय हातामा वृक्षारोपण गरेको हो ।

भीरकोट नगरपालिकाका मेयर छायाँराम खनाल, उपमेयर सिमा कर्माचार्य, संचारकर्मी, सामाजिक कार्यकर्ता, शिक्षक र विद्यार्थीको सहभागितामा रुद्राक्ष, कपुर, चाँप, पारिजात, अम्रिसो लगायत विभिन्न जातका ३०० वटा बिरुवा रोपिएको थियो । वृक्षारोपणले विद्यालयलाई हराभरा बनाउन मद्दत गर्नेका साथै हरित कम्पाउन्ड बनाउन मद्दत मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवीन्द्र अधिकारीले विश्वास व्यक्त गरेका छन् ।

यसैगरी, मेगा बैंकले एक कार्यक्रमबीच भीरकोट नगरपालिकाकै रिजु दोबाटास्थित महालक्ष्मी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । असहाय र जेहेन्दार २३ जना विद्यार्थीहरुलाई बैंकले स्कूल पोशाक वितरण गरेको हो । बैंकले विद्यालयको कामलाई सहज होस् भन्ने उद्देश्यले एउटा स्टील दराज पनि सहयोग गरेको छ । कार्यक्रममा भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले यस बैंकले ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच बढाउन खेलेको भूमिकाको प्रशंसाका साथै खुशी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.