महाबौद्धस्थित ९ तले सैनिक अस्पताल सम्पन्न हुने अन्तिम चरणमा

  २०७५ साउन १५ गते १६:४७     विकासन्युज

काठमाडौं । महाबौद्धस्थित निमार्ण भइरहेको ९ तलाको सैनिक अस्पताल सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । ३२ वर्ष पुरानो यस अस्पताल भत्काएर ९ तलेको भवन बनाइएको हो । शुरुमा यस अस्पताल १७ तले बनाउने निर्णय गरिएको थियो । तर २०७२ सालको विनाशकारी भुकम्पका कारण ९ तले मात्र बनाइएको हो ।

सेनाका अनुसार भवन सम्पन्न भएपछि वार्षिक ५० करोडमा व्यापारीलाई भाडामा दिइने भएको छ । अस्पताल चलाउन भनेर बनाइएको अत्याधुनिक भवन सेनाले व्यापारिक प्रयोजनको लागि एभरेष्ट इन्टरप्राइजेनका सञ्चालक चन्द्रबहादुर श्रेष्ठले १५ वर्षका लागि भाडामा लिने भएको छन् ।

यस भवन कुल ३ लाख ३० हजार वर्गफिट क्षेत्रफलमा बनेकाे छ । सो मध्ये २ लाख ८५ हजार वर्गफिट एभरेष्ट इन्टरप्राइजेजले सेनासँग लिएर प्रयोग गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.