तीजको लोक कोशेली ‘भैसी गयो खोलै खोल’ (भिडियो सहित)

  २०७५ साउन १४ गते १३:०२     विकासन्युज

काठमाडौं । नेपाली लोक गीत संगीतमा निकै रुचाइएका गायक तिलक ओली र गायिका करिष्मा डिसीको तीजको लोक कोशेली ‘भैसी गयो खोलै खोल’ गीतको भिडियो भखरै बजारमा आएको छ । नेपाली लोक सस्कृतिको सरक्षण गर्दै आएको गामवेसी म्युजिक प्रालीको प्रस्तुतिमा डेनु ओलीको सो गीत अहिले सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।

तिलक ओलीको शब्द तथा मौलिक लय सिर्जना र एरेन्ज गीतमा रहेको छ । तीज गीत भएकाले आम दर्शक तथा स्रोताको माग अनुसार नै गितको शब्द तथा तय सिर्जना गरेको गायक ओलीले बताए । भिडियोलाई गोविन्द विवसको छायाँकन , प्रेम कुमार थारुको सम्पादन रहेको छ । गीतको भाव अनुसार जिवन्त अभिनय गोविन्द विवस, रिना थापा मगरको रहेको छ । भिडियोमा कुशल रुपमा निर्देशन गोविन्द विवसले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.