ललितपुरको महानगरीय प्रहरी परिसरलाई सिटिजन्स बैंकको ७ लाख २० हजार सहयोग

  २०७५ साउन ८ गते १६:४७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको महानगरीय प्रहरी परिसरलाई ७ लाख २० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । गत सोमबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजनसिंह भण्डारीले ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

प्रत्येक महिनाको पहिलो हप्ता “बेष्ट पुलिस अफ द मन्थ, ललितपुर” कार्यक्रम संचालनका निम्ति यस सिटिजन्स बैंकले हरेक महिना तीन विधामा (अपराध अनुसन्धान तथा कारबाही, प्रहरी परिचालन तथा शान्ति सुरक्षा व्यवस्थापन रजनमैत्री सामाजिक सचेतना मुलक कार्यक्रम) पुरस्कृत हुने १/१ जनाप्रहरी कर्मचारीलाई जनही २० हजार रुपैयाँको दरले एक वर्षका निम्ति जम्मा ७ लाख २० हजार रुपैयाँ प्रदान गरेको छ ।

यसै कार्यक्रम अन्तर्गत असार महिनाको ३ उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सोमबार एक कार्यक्रम बिच पुरस्कृत गरियो । पुरस्कृत हुनेलाई बैंकका सीईओ भण्डारीले नगद पुरस्कार जनही २० हजार रुपैयाँ र परिसर प्रमुख ऐरले प्रशंसा पत्र प्रदान गरेका छन् ।

सो अवसरमा बैंकका सीईओ भण्डारीले पुरस्कृत नभएका कर्मचारीहरूले पनि आफ्नो कर्तव्यप्रति उत्कृष्ट ढङ्गले कार्य सम्पादन गरिरहेको हुदाँ निरुत्साहित नभई अर्को महिनामा पुरस्कार पाउने गरी उच्च मनोवलका साथ कार्य सम्पादन गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.