केशव पाण्डे र बन्दना पाण्डेको तीज गीत बजारमा (भिडियोसहित)

  २०७५ साउन ८ गते ९:२२     विकासन्युज

काठमाडौं । केशव पाण्डे र बन्दना पाण्डेको तीज गीत सार्वजनिक भएको छ । ‘आँखै नलाउनी…’ बोलको गीत आइतबार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
केशव पाण्डे र बन्दना पाण्डेको स्वर रहेको गीतमा शब्द बिष्णु न्यौपानेको छ भने लय शंकलन खुमन अधिकारीले गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुस ।  https://www.youtube.com/watch?v=XjS8RYy7uOg
गीतमा तिजका अवसरमा लगाइने नाचगानमा श्रीमान र श्रीमतीले एकअर्काको नृत्यको प्रशंसा गर्दै प्रेमिलभाव देखाउन खोजिएको छ ।

आशिष म्युजिक प्रा.लीको उत्पादन तथा वितरण रहेको गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
प्रकाश सपुत र अञ्जली अधिकारीले अभिनय गरेको भिडियो सुरेश श्रेष्ठले खिचेका छन् । प्रकाश धमलाले सम्पादन गरेको भिडियो निर्देशन स्मृती तिमिल्सिनाले गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.