‘रेनो सर्भिस क्याम्प’ साउन ८ गतेसम्म हुने, सहभागिलाई विभिन्न छुटको सुविधा

  २०७५ साउन ७ गते १९:१८     विकासन्युज

काठमाडौं । रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्राइभेट लिमिटेडले आयोजना गरिरहेको ‘रेनो सर्भिस क्याम्प’ आगामी साउन ८ गतेसम्म हुने भएको छ । नेपालका विभिन्न शहरहरुमा आयोजना हुने उक्त क्याम्पमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन् ।


साउन ६ गतेदेखि शुरु भएको उक्त क्यापको थिम ‘गिभ योर कार दी बेस्ट केयर’ रहेको छ । जसले ग्राहकलाई पूर्ण सन्तुष्ट हुनेगरी सेवा र सुबिधा दिने छ । यसबाट बिक्रीपछिको सेवामा रेनोको उपस्थिति बलियो हुने हामीले विश्वास लिएका छौं ।

यो सर्भिस क्याम्प नेपालका मुख्य शहरहरुमा संचालन हुने छ ।साउन ६ गते देखि ८ गतेसम्म झापाको बिर्तामोडमा रहेको शाहारा अटोमोवाईल्स एण्ड कम्पनी प्रा. ली, महाबिर अटोमोवाइल्स बिराटनगर, युनाइटेड अटो कन्र्सन नारायणगढ, जुपिटर ह्वल्स बुटबल, भैरहवा अटो कम्पनी भैरहवा र जोन्छेन ट्रेर्डस पोखरा यी विभिन्न शहरमा आयोजना हुदैछ ।

यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले विभिन्न छुटका सुविधाहरु पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निःशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निःशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निःशुल्क दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.