माछापुच्छ्रे बैंकले गर्यो वृक्षारोपण कार्यक्रम

  २०७५ साउन ७ गते १८:३९     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सोमबार(आज) वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टोखा नगरपालिकाको सपनतिर्थ मन्दिर परिसरमा वृक्षारोपण गरेको हो ।

बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन टोखा नगरपालिका, प्रगतिशिल धारा सुधार समिति र सपनतिर्थ क्षेत्र विकास समितिसँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् । त्यसैगरी, माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले वृक्षारोपण गरी कार्यक्रममा सहभागिता जनाएका छन् ।

बैंकले हाल ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवाबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९७ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.