नबिल बैंक र एशियन नेट कम्पनीबीच विप्रेषण व्यवसाय सञ्चालन गर्ने सम्झौता

  २०७५ साउन ६ गते १३:१९     विकासन्युज

काठमाडौं । नबिल बैंक लिमिटेड र जापानको एशियन नेट कम्पनी लिमिटेडबीच विप्रेषण व्यवसाय सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका चिफ बिजनेस अफिसर अनिलकुमार खनाल र एशियन नेट कम्पनीका अध्यक्ष हिगासिदा शुजेनले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात जापानमा रहेका नेपालीहरुले आफ्नो नबिल बैंकमा रहेको खातामा वा नेपाल भरी जुनसुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तिय संस्थाहरुको खातामा नबिल बैंक मार्फत रकम पठाउन सक्नेछन् । यस व्यवस्थाबाट नबिल बैंकले जापानबाट आफ्ना ग्राहकहरुका लागि सुरक्षित, सस्तो र छिटो माध्यमबाट जापानबाट रकम पठाउने काम गर्नेछ ।

एशियन नेट कम्पनीको बारेमाः

एशियन नेट कम्पनी लिमिटेड जापान सरकारबाट इजाजतपत्र प्राप्त दुरसञ्चार तथा मनी ट्रान्सफर व्यवसाय सञ्चालन गर्ने कम्पनी हो । यो सन १९९७ मा स्थापना भएको हो र यो कम्पनी विभिन्न अन्तरराष्ट्रिय फोन सेवा तथा सञ्चार ब्यवसायमा संलग्न रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.