बजार घटेका बेला प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सबैभन्दा बढी कारोबार

  २०७५ साउन ५ गते १६:४२     विकासन्युज

काठमाडौं । यस साता प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको ३५ करोड ८० लाख १० हजार रुपैयाँ बराबरको संस्थापक सेयर कारोवार भएको छ ।

कारोवार भएको सेयर संख्याका आधारमा पनि सोही कम्पनी अग्रस्थानमा छ । सो संस्थाको १२ लाख ५२ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । धितोपत्र बजारमा यस साता १ अर्ब ४५ करोड ५१ लाख ५७ हजार बराबरको सेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जका अनुसार ४७ लाख ५४ हजार ५२० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१.३२ प्रतिशत कम हो ।

गत साता १९१ कम्पनीको २ अर्ब ११ करोड ८८ लाख आठ हजारबराबरका ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७० अंकले घटेर अन्तिम दिन एक हजार १९३ अंकमा पुगेको छ । यस साता विभिन्न पाँच कम्पनीका हकप्रद, बोनस शेयरसमेत स्टकमा सूचीकृत भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.