भारतमा पेट्रोलियमको भाउ घट्यो, नेपालमा कहिले ?

  २०७५ साउन ५ गते १३:२१     विकासन्युज

एजेन्सी । भारतमा पेट्रोलियम पदार्थको भाउ घट्न थालेको छ । गत मे २९ मा पेट्रोलियम पदार्थको भाउ आकासिएर रेकर्ड कायम गरेको थियो । पछिल्लो समयमा अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेपछि यसको असर भारतीय बजारमा परेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

शुक्रबार र शनिबार लगातार पेट्रोलियमको भाउ घटेको छ । शनिबार पेट्रोल र डिजेलको भाउ १५ पैसा भारु घटेको छ । शुक्रबार लिटरको १६ पैसा भारु घटेको थियो । शनिबार पेट्रोलको भाउ घटेर राजधानी दिल्लीमा प्रतिलिटर ७६ रुपैयाँ ४७ पैसा कायम भएको छ । यस्तै डिजेलको मूल्य ६८ रुपैयाँमा झरेको छ ।

यस्तै मुम्बईमा पेट्रोल ८३ रुपैयाँ ९१ पैसा र डिजेल ७२ रुपैयाँ २८ पैसा कायम भएको फाइनान्सियल एक्सप्रेसले जानकारी दिएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ व्यारेलको ८० डलरबाट घटेर ७० डलरमा झरेको छ ।

नेपालमा पेट्रोलको भाउ लिटरको ११० रुपैयाँ र डिजेल ९३ रुपैया छ । प्रत्येक महिनाको १ र १५ तारिखमा पेट्रोलियम भाउ समायोजन हुनुपर्नेमा यो महिना भएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.